Monday, June 22News That Matters

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २४

पाकिस्तानमा आज बिहान रेल दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ, भने ५० जनाभन्दा बढी रेलमा सवार यात्रुको घाइते भएका छन् ।

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।