Thursday, June 4News That Matters

उदयपुर खेलकुदद्धारा खेलकुद संघ तथा सम्बन्धित सरोकारवालाहरुलाई छलफलको लागि आह्वान

पूर्णपुष्टि, बैशाख २४
उदयपुर जिल्ला खेलकुद विकास समितिले जिल्लामा रहेको खेलकुद संघ तथा खेलकुद संग सम्बन्धि सरोकारवालाहरुलाई छलफलको लागि आह्वान गरेको छ ।

समितिका अध्यक्ष पर्वत दाहालको हस्ताक्षर पत्रमा जिल्लामा रहेको बिभिन्न खेलकुद संघका सम्बन्धित व्यक्तिहरुलाई छलफलका लागि आह्वान गरेको उदयपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख प्रकाशराम राईले जनाए ।

राईका अनुसार आउँदो जेष्ठ २२ गते देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सम्वन्धित व्यक्तिहरु सित आवश्यकीय छलफल गर्नु पर्ने भएकाले अनिवार्य आह्वान गरिएको राईले जनाए ।

छलफल पछि तत्कालै खेलाडीहरु छनोटका प्रक्रियालाई अगाडी बढाउनु पर्ने हुँदा उक्त छलफलमा अनिवार्य सहभागीका लागि आह्वान गरिएको राईले जनाए ।

गण्डकी प्रदेशमा आउँदो जेष्ठ २२ देखी करिब ३६ ओटा खेलकुद प्रतियोगिता संञ्चालन हुने भएको छ । उक्त खेलमा उदयपुरले पनि सहभागी जनाउन खेलाडीहरु छनोट गर्नु पर्ने कार्यालयले जनाएको छ ।
फुटवल, भलिवल, कब्डी, ह्याण्डवल, उस्सु, एथ्लेस्टीक, कराँते, बक्सिङ, ब्याट्मिन्टन लगायतको ३६ ओटा खेलहरुमा सहभागी हुन उदयपुरले पनि आफ्नो सहभागी जनाउने प्रमुख राईले जनाए ।