उदयपुर–खोटाङ जोड्न ७८ लाख लागतमा यो बर्षको लागि बेलिबृज जडान

पूर्णपुष्टि, पुष १
उदयपुर– खोटाङलाई जोड्ने बेलिबृज पूनः सुनकोसी नदिमा राखिएको छ । दिगो समयसम्मको लागि समयमै पक्की पुल बन्न नसक्दा बर्षेनी स्थायी रुपमा गाईघाट – दिक्तेल सडक योजनाले बेलिबृज पुल निर्माण गर्दै आईरहेको छ । यो पुलको अबधि हिउँद सम्म मात्रै हो । बर्खामा कोशीको बहाव बढे सँगै यसको आयु सकिन्छ ।

यो बर्षको लागि करिब ७८ लाख बजेटमा बेलिबृज निर्माण गरी उदयपुर–खोटाङ आवतजावत सहज गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यलयका प्रमुख गोपाल प्रसाद खकुरेलले जानकारी दिनुभयो ।

तस्विर ः गंगा बनुङ राईको फेसबुक बाट

रेग्मी निर्माण सेवा गाईघाटले लिएको ठेक्काको काम मंसिर २९ गते सकिएर पुललाई भने पुष १ गते बाट संञ्चालन गरिने कार्यालयले जनाएको छ । गाईघाट देखि खोटाङको सदरमुकाम दिक्तेललाई सिधै जोड्नो सो पुल सुनकोशीमा यो सँगै आठौँ पटक लागि सकेको पनि प्रमुख खकुरेलले बताउनुभयो ।

उहाँले पक्की पुल निर्माणमा ढिलाई तथा बिभिन्न समस्याका कारण यात्रा सहज बनाउँन उदयपुर–खोटाङलाई सिधा जोड्न बेलिबृजको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं। ५ फोक्सिङटार र खोटेहाङ गाउँपालिका वडा नं। ९ स्थित सुनकोशी नदीमा गाईघाट दिक्तिेल सडक योजना कार्यालयले बेलीब्रीज लगाउदै आएको छ ।

खोटाङको सदरमुकाम दिक्तेल जोड्ने उदेश्यले दुई दशक अघिबाट निर्माण शुरु गरेको गाईघाट दिक्तेल सडकमा पर्ने सुनकोसीमा सडक कार्यालयले बर्षेनी बेलिब्रिजको राख्दै आईरहेको अवस्था छ ।

सुनकोसी नदी वारपार गर्न असहज भईरहेको अवस्थामा अस्थायी रुपमै भएपनि एकतर्फि रुपमा करिव २५ टन भार वहन गर्न सक्ने क्षमताको वारी पारी दुवैतर्फ एप्रोच रोड सहितको बेलिब्रिज जडान गरिएको खकुरेलको भनाई छ । स्थायी रुपमै भएपनि बेलिबृज जडाले यात्रु तथा उदयपुर – खोटाङलाई प्रत्यक्ष सहज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0