
पूर्णपुष्टि, मंसिर ३
उदयपुरको गाईघाटमा सवारी लाईसेन्सको लागि पहिलो चोटी लिखित परिक्षा शुक्रबार गाईघाटमा भएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाट बाटै लाईसेन्स वितरकणको काम अगाडी बढाएपछि पहिलो चरणमा लिखित परिक्षाको काम भएको कार्यालयका प्रमुख सुवास कार्कीले बताउनुभयो ।
पहिलो चरणमै लिखित परिक्षाको लागि दुई पाँङग्रे तथा ४ पाँङग्रे सवारीको ट्रायलका लागि १९६ झण्डै २ सय जनाको सहभागीत रहेको प्रमुख कार्कीले बताउनुभयो । गाईघाटबाटै लाईसेन्स वितरणको काम भएपछि उदयपुरवासी तथा अन्य छिमेकी जिल्लाहरुबाट लाईसेन्सका लागि धमाधम आउन थालेको कार्कीले बताउनुभयो ।
लिखित परिक्षा गाईघाट स्थित संगमटोलको प्याराडाईज बोर्डिङमा गरिएको छ । लिखित परिक्षाको रिजल्ट ढिलोमा पनि ३ दिन भित्र आईसक्ने कार्यालयले जनाएको छ । रिजल्ट कार्यालयको आधिकारिक फेसबुक पेज, कार्यालयको सूचना बोर्ड र कार्यालयको वेवसाईट बाट पनि हेर्न सकिने जनाएको छ । रिजल्टको केहि दिनमै ट्रायलको प्रक्रिया अगाडी बढाईने प्रमुख कार्कीले बताउनुभयो ।
