Tuesday, April 21News That Matters

उदयपुर प्रशासनद्धारा सुनकोशी र सप्तकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पूर्णपुष्टि, असार २६ । जिल्ला प्रशासन कार्यालय उदयपुले सुनकोशी र सप्तकोशी नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले एक सुचना जारी गर्दै बर्षातको मौसम भएकोले कुनै पनि बेला ठुलो पानी पर्न सक्ने, सप्तकोशी नदीका सहायक नदीहरुमा बाढी आउन सक्ने जसका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने प्रवल सम्भावना रहेको भन्दै तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रसुवा भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल लगायत धेरै महत्वपूर्ण संरचनाहरुमा गम्भिर क्षति पुर्याएको र ठुलो मानविय क्षति समेत भएको भन्दै अति आवश्यक नपरी हिड्डुल नगर्न, रातको ममयमा जोखिम क्षेत्रका मुल सडक र सहायक मार्गहरुमा सवारी साधन चलाउँदा सावधानी अपनाउन समेत आग्रह गरिएको छ । जारी सुचनामा जुनसुकै समयमा जोखिम आउन सक्ने भन्दै जिल्लाका सबै सम्बन्धीत निकायहरुलाई उद्धार तथा राहतका लागी पूर्व तयारी साथ बस्न अनुरोध गरिएको छ ।