
पूर्णपुष्टि, साउन २४
उदयपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जिल्लामा शान्तीसुरक्षा स्थापना गर्नु नै आफ्नो मुख्य कार्य भएको बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकारसँगको भेटघाटमा उनले जिल्लाको बस्तुस्थीतिबारे आफु जानकार रहेको उल्लेख गरेका छन् ।
उनले प्रहरीले जनताको सुरक्षामा कुनै कसुर बाकीँ नराख्नेभन्दै जिल्लामा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरी सक्षम भएको उल्लेख गरेका छन् । देश चुनाव तर्फ गरेकोले त्यसमा केन्द्रित रहेर प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउने प्रतिबद्धता समेत जनाएका थिए । सो कार्यक्रममा पत्रकारहरुले प्रहरीले गर्नुपर्ने कामको बिषयमा सुझाब समेत दिएका थिए ।
