Thursday, May 21News That Matters

उदयपुर सगरमाथा विमान स्थलको काम अगाडी बढाउन फिल्डबाटै मन्त्री किरातीको निर्देशन

पूर्णपुष्टि, २६ माघ ।
संस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उदयपुरको सगरमाथा विमान स्थलको कामलाई तत्काल अगाडी बढाउन निर्देशन दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह स्थित निर्माण गर्न लागिएको विमान स्थलको निर्माण प्रक्रिया तत्काल अघि बढाउन मन्त्री किरातीले मन्त्रालयको सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।

मन्त्री किराती शुक्रबार सगरमाथा बिमान स्थल क्षेत्रको अवलोकन गर्न उदयपुर आईपुगेका थिए । सोही क्रममा किरातीले आफ्नो भाषणकैबीच जनताहरुकै सामु मन्त्रालयमा फोन गरी काम तत्काल अघि बढाउन निर्देशन दिएको हो । मन्त्री किरातीको निर्देशन पछि उदयपुरवासीहरु उत्साहित बनेको छ । लामो समय देखी बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन र निर्देशनले उत्साहित बनेको हो ।