Tuesday, June 9News That Matters

उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

पूर्णपुष्टि, जेठ २९ गते ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश गरेको छ । उदयपुरको जल्जलेमा रहेको सिमेन्ट उद्योगले स्थापनाको ३५ औं वर्ष वार्षिक उत्सवको आयोजना जेठ ३१ गते गरिने भएको छ ।
वार्षिक उत्सवको अवसरमा ३४ औं वार्षिक साधारण सभा समेत गरिने भएको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले वाणिज्य तथा आपूर्ती मण्डालापको सचिब अर्जुनप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा उत्सव मनाउदैं छ, भने त्रियुगा नगरपालिकाका प्रमुख तथा उप–प्रमुख सगाएतलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको छ ।