
पूर्णपुष्टि, १३ चैत्र ।
उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य दुईजना १२÷१२ बर्षिय लोक वहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ । उनिहरुको खोजी कार्य भैरहेको छ ।

