Saturday, June 6News That Matters

उपचारपछि ८४ हजार भन्दा बढी घर फर्किए

पूर्णपुष्टि, चैत ६ गते ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सक्रमित भएका ८४ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म विश्वका एक सय ७३ देशमा कोरोना संक्रमित पुष्टि भईसकेको छ । टोटल सक्रमितमध्ये करिब ८४ हजार तीन सय ८६ जना उपचारपछि घर फर्किएका हुन् ।

सक्रमितमध्ये एक लाख २५ हजार तीन सय ६० जनाले उपचार गराइरहेका छन् । सक्रमणबाट अहिलेसम्म आठ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा थप चार सय ७५ जनाको मृत्यु भएसँगै इटलीमा कोरोनाका कारण मृत्यु हुनेका संख्या दुई हजार ९ सय ७८ पुगेको छ ।