
उदयपुर, चैत्र ५ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागी लिम्चुङ्बुङ गाउँपालिकाले आईसोलेसन वार्ड स्थापना गरेको छ । पालिका स्तरीय आपत्कालीन बैठकको निर्यण अनुसार बलम्ता, बाराहा र जाँते स्वास्थ्य चौकिमा आईसोलेसन वार्ड स्थापना गरेको हो ।
बैठकले कोरोनाबाट बच्नका लागी जनचेतना फैलाउने र कुनै बेला कसैलाई संक्रमण देखा परेमा अरुमा फैलिन नदिनको लागी ३ को बाराहा, ४ को बलम्ता र ५ नम्बर वडाको जाँते स्वास्थ्य चौकीमा आईसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको थियो ।
कोरोनाबाट कसरी बच्न सकिन्छ ? यसको रोकथामका उपायसहति विहिबारदेखि पालिकाको ५ वटै वडामा माईकिङ गर्ने लिम्चुङ्बुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नौलसेश राईले बताए । उनका अनसार माईकिङ्मा कोरोनाबाट बच्ने उपाय र कसैलाई शंखा लागेमा नजिकको स्वास्थ्य चौकिमा गई चेकजाँच गराउन आग्रह गर्दै जनचेतना मुलक शन्देश फैलाउने जनार्ईएको छ ।
पालिकाको सवै वडाको सार्वजनिक स्थलहरुमा माईकिङ् गर्ने प्रमुख राईले बताए । स्वास्थ्य सस्थामा चाहिने आवश्यक औषधी पालिकाले खरिद गरी सकेको छ । कोरोनाबाट बच्नका लागी पालिकाले संचारमाध्यहरुबाट समेत जनचेतना फैलाउने काम भईरहेको उनले बताए ।
