
पूर्णपुष्टि, चैत्र ५ गते ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
चैत ६ गतेबाट सुरु हुन लागेको एसईई परीक्षा स्थगित गरेपछि अर्को सुचना नआउन्जेलका लागी परीक्षा स्थगीत गर्ने सरकारले निर्णय गरेको छ ।
यस वर्षको एसईई परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । बुधबार अपरान्ह बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
तत्काल बसेको बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई परीक्षा स्थगित गरेको हो ।
