Tuesday, June 9News That Matters

उपचारमा भएको खर्च आफैले बेहोर्ने राष्ट्रपती पौडेलको चाहना

पूर्णपुष्टि, बैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गरेको खर्च आफैले बेहोर्न चाहेका छन् । मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

जारी गरिएको प्रेस नोटमा ‘उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ’ उल्लेख गरिएको छ । छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारको लागी भर्ना भएका थिए । ११ दिनको उपचार पश्चात आईतबार स्वदेश फर्किएका पौडेलले उपचार खर्च आफैँले व्योहोर्न चाहेका हुन् ।