
पूणर्पुष्टि, साउन, १४
नेपालमा हाल लकडाउन खोलेपछि मानिसले कोरोना नै विर्सिसकेको छ । कोरोनालाई अहिले सामान्य रुपमा हेर्ने दृष्टि मानिसमा भैसकेको छ । तर कोरोना संक्रमणको संख्या र मर्नेको संख्या पहिले भन्दा बढ्दो छ । काठमाण्डौँमा पूणर् रुपमा लकडाउन खुलेको छ । सार्वजानिक यातायातहरु पनि उत्तिकै चल्न थालेको छ ।
पछिल्लो समय काठमाण्डौँमा दिनहुजसो कोरोना संक्रमितहरु फेला पर्दै आएको छ । यसरी संक्रमणको संख्या बढ्न थालेपछि फेरी उपत्यकामा त्रास फैलिन थालेको छ । काठमाण्डौँमा आज मात्र १४ जनामा कोरोना संक्रमण थपिएको छ । काठमाण्डौँ सहित पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
यसरी बढ्दो मात्रामा कोरोना देखिन थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण पनि थालेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । काठमाडौँंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।
