Tuesday, June 9News That Matters

कोरोना संक्रमण बाट थप २ को मृ*त्यु

पूणर्पुष्टि, साउन, १४

नेपालमा कोरोना संक्रमण बाट थप २ जनाको मृ*त्यु भएको छ । यो सँगै नेपालमा मृ*त्यु हुनेको संख्या ५१ पुगेको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृ*त्यु भएको पुष्टि गरेका छन् ।

उनिहरु दुवै जना पर्साका हुन् । दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृ*त्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको उपाध्यायले जानकारी दिए ।