
पूणर्पुष्टि, साउन, १४
पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दो छ । उदयपुरको कटारी बजार फेरी बन्द गरिएको छ । सामुदायमै कोरोना फैलिने त्रासले बजार तत्काल बन्द गरेको हो ।
ताप्ली गाउँपालिका(२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै कटारी नगरपालिकाले बजार बन्द गर्ने निणर्य गरेको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी महिलामा कोरोना देखिएको थियो । त्यसपछि उनलाई विराटनगर रेफर गरिएको मोडेल हेल्थ केयर प्रा.ली.का संचालक तथा डाक्टर गणेश लाल दासले जानकारी दिनुभयो ।
आफूले स्वास्थ्य सुरक्षा अपनाएर ती महिलाको उपचार गरी विराटनगर पठाएको डा. दासले बताउनुभयो ।
उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र बन्द गर्ने निणर्य भएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अति आवश्यक काम बाहेक अन्य सबै बन्द गर्ने मेयर श्रेष्ठले बताउनुभयो । बजार बन्द सँगै प्रहरीले बजारमा आफ्नो निगरानी कडाईका साथ बढाएको छ ।
