
पूर्णपुष्टि, फागुन १३
उपहार पर्यो भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । उपहार परेको भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जना पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न मितिमा उपहार पर्यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ याङरिमा हिलसिटीबाट नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
