Saturday, June 27News That Matters

घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरसहित २ जना पक्राउ

पूर्णपुष्टि, फागुन १३

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरिक्षक (ईन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका इन्स्पेक्टर सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।