
पूर्णपुष्टि, फागुन १३
विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । अहिलेसम्म कोरोनाबाट २५ लाख ८ हजारभन्दा धेरैको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् ।
सवैभन्दा बढी अमेरिका प्रभावित छ । त्यहाँ कोरोनाबाट सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
त्यस्तै, अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
