Monday, June 1News That Matters

उपेन्द्र यादव ओली सरकारमा नजाने

पूर्णपुष्टि, फागुन २९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिमाग बिग्रिएको भएमात्रै केपी ओलीको सरकारमा जाने संज्ञा दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए ।

छलफलबाट बाहिर निस्किएपछि यादवले कुनै पनि हालतमा केपी ओली सँग आफ्नो सहकार्य नहुने बताए ।

‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू,’ यादवले भने,‘आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भएको यादवले बताए ।’

यादवले सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथि मात्रै छलफल भएको दाबी गर्दे उनले यस्तो बताएको हो । उनले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको खुलासा गर्दै रेशमलाई सरकारले रिहा गरिदिए धन्यवाद दिने बताए ।

उनले ओलीलाई सरकाबाट हटाउने सहमति नजिक नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू पुगेको समेत बताए । यसबारे चाँडै तीन दलबीच पुनः छलफल हुने यादवले सुझाए ।