Tuesday, June 2News That Matters

मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबले चुम्यो

पूर्णपुष्टि, फागुन २९ 

काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिसले उपाधि हात पारेको हो ।

एपीएफले दिएको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४ ओभर एक बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह ऐरीले ११ र कुशल भुर्तेल तथा अनिल मल्लले समान १५/१५ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा अलआउट हुँदै एक सय पाँच रन बनायो । उसका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । एपीएफलाई कम स्कोरमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ तथा पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।

विजेता बनेको पुलिस क्लबले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा पाँच समूह सहभागी थिए ।