Tuesday, June 2News That Matters

झापामा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

झापा, फागुन २९

झापामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

कमल गाऊपालिका–१  बालुबारी स्थित क्याम्पा सरङपाडामा शनिबार पौने १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसाताक्षी नगरपालिका–४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाह्रदशी गाऊपालिका–५ कनकन मार्गमा साढे १ बजे मे ११ प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घट्ना हुदाँ स्कुटी चालक स्थानीय ४३ बर्षीया कलसावती  राजबंशी घाइते भएको थियो । उनको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा सभा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।