Tuesday, June 2News That Matters

नेपालमा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, फागुन २९ 

नेपालमा आज थप ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ ।

गत २४ घण्टामा थप दुई जनाको कोरोना सङ्क्रमितबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १४ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।