Thursday, June 18News That Matters

उप-मेयर गोल्डकप : नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश

पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको गाईघाट थरुहट रंगशालामा जारी उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगितामा नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । आईतवार भएको खेलमा सप्तरीले हेटौडा एकेडेमी फुटबल क्लव विरुद्ध १को विरुद्ध २ गोल गर्दै आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सप्तरीका तर्फबाट जर्सि नं.१० का खेलाडि पूर्णिमा राईले पहिलो हाफको २५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलको अग्रता लिएको थियो । यस्तै खेलको ४०औँ मिनेटको प्रतिस्पर्धात्मक खेलमा सप्तरीका जर्सि नम्बर ११का खेलाडि ईमा राईले ठुलो डिबक्स बाहिरबाट प्रहार गरेका उत्कृष्ट गोलले टिमका लागि थप अग्रता बनेको हो । पहिलो हाफको सुन्य समय सम्मपनि हेटैडाको तर्फबाट कुनै पनि गोल हुन सकेनन् । यस्तै दोस्रो हाफको २० मिनेटमै हेटैडाको तर्फबाट जर्सि नं. १० का खेलाडि बिनिसाले प्रहार गरेका बललाई सप्तरीका गोलरक्षकले रोक्न नसक्दा एक गोल र्फकाउँन सफल भएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच सप्तरीका पूर्णिमा राईले प्राप्त गरेका छन् । यस संगै भोलि सोमबार दिउँसोको ठिक ३ बजे देखि All in One क्लव (झापा) र DWFC धरान (सुनसरी)बिच प्रतिस्पर्धात्मक खेल हुने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले जनाए ।