

पूर्णपुष्टि,वैशाख १६ । उदयपुरको गाईघाटमा उम–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीले बिजयी सुरुवात गरेको हो । गाईघाटको थरुहट रंगशालामा शनिवार भएको खेलमा एभरेष्ट क्लबले बागमती युवा क्लव(सर्लाही)लाई टाइब्रेकरमा ३–१ गोलमा पराजित गदैँ सुनसरीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरको छ । निर्धारित समय सम्मा पनि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।

प्रतियोगितको टाइब्रेकर खेलमा सुनसरीको तर्फबाट टिम कप्तान जर्सि नं.५का सरिता राई,जर्सि नं.१५का आशिका मगर र जर्सि नं. १७का अन्जना राईले गोल गरे भने रेजिना श्रेष्ठको फित्तलो प्रहरलाई विपक्षी टिका गोल रक्षकले सजिलै रोकिदिएका थिए । यस्तै सर्लाहीका लागि जर्सि नं.३ का खेलाडि मंदिरा राईले मात्र गोल गरेका थिए भने बिष्णु बल,अस्मीता बैध र टिम कप्तान समेत रहेका अन्जली खबासको प्रहारलाई गोलरक्षकले बचाउ गरे । प्रतियोगिताको म्यान अफ द म्याच माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका खेलाडि अन्जना राईले पाएका छन् ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेत र उप–प्रमुख महेश्वरी राईले खेलको मेन रेफ्रि अम्बर राईलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले आफु स्वयम पनि पूर्व खेलाडि रहेको बताउँदै महिलाहरुलाई समाजले हेर्ने फरक दृष्टिकोणलाई चिरनको लागि महिलाहरु खेलकुद क्षेत्रमा आउँनुपर्ने बताइन् । नगर खेल र खेलाडीको स्तर वृद्धिका लागि सधैँ तत्पर रहेको बताइन् ।
आगामी वैशाख २३ गते सम्म थरुहट रंगशालामा हुने प्रतियोगितामा आयोजक गाईघाट फुटबल क्लबको महिला टोली सहित विभिन्न ८ वटा क्लबको सहभागिता रहेको छ । दिनको ३ बजे देखि सुरु हुने प्रतियोगीताको मुख्य प्रायोजन त्रियुगा नगरपालिकाले गरेको छ, त्रियुगा नगरपालिकाको १६ वटै वडा, नेपाल टेलिकमले समेत प्रतियोगीताको लागि प्रायोजन गरेको छ । यस प्रतियोगीतालाई अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग साथै तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति उदयपुरले समन्वय गरेको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले बताए ।

यस प्रतियोगीताको बिजेता टिमले नगद रु १ लाख ट्रफि,मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् भने उप–बिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।














