Monday, April 20News That Matters

उप-मेयर गोल्ड कप : अन्तिम सेमिफाईनलमा सप्तरीलाई हराउँदै मोरङ फाईनलमा प्रवेश

पूर्णपुष्टि,वैशाख २१ । उदयपुरको गाईघाटमा जारी प्रथम उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा NBYC सप्तरीलाई हराउँदै PSWC मथरी मोरङ फाईनलमा प्रवेश गरेको छ । बिहिबार त्रियुगा नगरपालिकाको थरुहट रंहशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सप्तरीलाई ० को विरुद्ध १ गोल गर्दै पथरी मोरङ फाइनलमा प्रवेश गरेको हो ।

दायाँ त्रियुगा नगर उप–प्रमुख महेश्वरी राई बिचमा Women of the match सुप्रिया मिया,बायाँ तर्फ संजिव मोटरसाईकलका प्रो. नबिन कुमार महत्तो

प्रतियोगिता दिनको ४ः३० बजे देखि सुरु भएको खेलमा मोरङका तर्फबाट जर्सि नम्बर ९ का खेलाडि सुप्रिया मियाले उत्कृट खेल प्रदर्शन गर्दै पहिलो हाफको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । निकै प्रतिस्पर्धात्मक अन्तिम सेमिफाइलन खेलको निर्धारित समय सम्मको पहिलो र दोस्रो हाफ सम्म पनि सप्तरीको तर्फबाट भने जवाफि गोल गर्न नसक्दा मोरङले फाइनलको ढोका ढक–ढकाउँन पुगेको हो । खेलको अवधि भरी उत्कृट खेल प्रदर्शन गर्दै गोल गर्ने मियाँले Women of the match संगै नगद रु,२ हजार प्राप्त गरेकि छिन् ।

यस प्रतियोगिताको फाइनल खेल आगामी वैशाख २३ गते शनिवार थरुहट रंहशालामा दिनको ठिक ३ः३०बजे देखि आजको बिजेता टिली मोरङ र All in One क्लव झापा बिच प्रतिस्पार्धा हुने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए ।

त्रियुगा नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा त्रियुगा नगरपालिकाको १६ वटै वडा, नेपाल टेलिकमले समेत प्रतियोगीताको लागि प्रायोजन गरेको छ । प्रतियोगीतालाई अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति उदयपुरले समन्वय गरेको छ । प्रतियोगीताको बिजयी समुहलाई नगद रु, १ लाख ट्रफि,मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् भने उप–बिजेता रु ५० हजार नगद पुरस्कार, मेडल प्रमाण–पत्र प्राप्त गर्ने जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले बताए ।