
पूर्णपुष्टि, २६ असार ।
उमेर नपुगी गरिने विवाह न्युनिकरण सम्वन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र युवा महिला संजालको अयोजनामा उमेर नपुगी गरिने विवाहः भोगाईमा आधारित विधमान अवस्था,चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मंगलवार गाईघाटको होटल कोहवरमा किशोरी, युवा, ,सरोकारवला निकाय, जनप्रतिनिधी, प्रहरी र पत्रकारको विचमा वाल विवाह न्युनिकरणको विषयमा बृहत छलफल र अन्तरक्रिया भएको हो ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले उमेर नपुगी गरिने विवाहलाई न्युनिकरण गर्ने उद्धेश्यले जिल्लाको ८ वटै पालिकामा पालिका स्तरिय , त्रियुगा नगरपालिकको ७ वटा वडामा र १३ वटा टोल स्तरिय कार्यक्रम संचालन गरि सम्पन्न गरेको बताउनुभयो । उहाँले सानै उमेरमा विवाह गरेका ८० जना किशोरी,महिलाहरुको कथा संकलन गरी उहाँहरुको भोगाई आधारित तथ्यांकलाई प्रस्तुत गरेको बताउनुभयो ।
र्कायक्रमका प्रमुख अतिथी कोशि प्रद्रेशका उपसभामुख सृजना दनुवारले समाजमा विकृति, विसंगति धेरै भएकाले त्यसको अन्त्यका लागि राज्य र सरोकारवाला गैरसरकारी संघसंस्थाको समन्वयमा शिक्षा, स्वास्थ्य र मानव विकासमा लगानी गर्न सुझाब दिनुभयो उहाँले प्रतिफल देखिने गरी काम गर्न सके मात्र बालविवाहलाई निस्तेज बनाउन सकिने बताईन्।
नेतृत्व गर्ने ठाउँमा अव युवाहरु पुग्ने क्रम रहेकोले सवै जना एकजुट भएर अभियान संचालन गर्न सकियो भने परिवर्तन सम्भव रहेको बताईन्।
उहाँले स्थानिय तह र प्रदेशले निति निमार्ण संगै समाजिक क्षेत्रमा वजेट विन्योजन गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले नगरपालिका वाल विवाह न्युनिकरणको अभियानमा काम गर्न तयार रहेकोले सवै समाजिक अभियन्ता ,सघ सस्थाहरुलाई हातोमालो गर्न आवहन गर्नुभयो ।
यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजिक रुपान्तरणका लागी स्थानिय तहले नेतृत्व लिएर सवै समाजिक संघ सस्थाको सहकार्यमा कार्ययोजना कार्यन्वयन गर्न लागियो भने अव आउने दिनमा अपेक्षित लक्ष्यहरुमा सुधार हुदै जाने बताए ।
जनप्रतिनिधीहरुले वजेट निमार्णमा पुर्वधारको क्षेत्रलाई मात्र वढि समावेश गरिएको देखिदा समाजिक क्षेत्रलाई पनी प्राथमिकता राखेर समाजमा भएको कु सस्कार,बिकृती,लाई हटाई समाजिक सु सम्वन्ध कायम गरी सु सस्कृत समाज निमार्ण गर्न आग्रह गर्नुभयो ।
