Monday, April 20News That Matters

ऋण चुक्ता नहुँदा श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक पक्राउ

पूर्णपुष्टि, असोज १७
ऋण लिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भक्तपुरका धीरज श्रेष्ठलाई अर्काकी श्रीमतीलाई बन्धक बनाएको अभियोगमा नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाइ राखेको प्रहरीको स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठले ‘पैसा दे अनि तेरो श्रीमती लैजा’ भन्दै उक्त व्यक्तिलाई धम्क्याएपछि प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।