Saturday, May 16News That Matters

एउटै पर्दामा देखिदै पल र प्रदिप

पूर्णपुष्टि, ९ असार ।
नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल नेपालका दुई नायक अब एउटै पर्दामा देखिने भएका छन् । ती नायकहरु हुन् प्रवि खड्का र पल शाह । यी दुई नायक एउटै पिल्ममा देखिने भएको हो । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ ।

सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । फिल्मका लागि पलले असार दोस्रो हप्तादेखि कलाकार अनुप बरालबाट अभिनय सिक्दैछन् । यसअघि फिल्म ‘प्रकाश’का लागि प्रदीपले पनि बरालबाट तीन महिना अभिनय सिकेका थिए । फिल्ममा अहिलेलाई पल र प्रदीप मात्र निश्चित छन् । फिल्मको स्क्रिप्टको ‘फर्स्ट ड्राफ्ट’ सकिसकेको छ ।

दिनेश र पलबीच पहिलो पटक सहकार्य हुन लागेको हो । पल स्वयंले राउतसँग काम गर्ने इच्छा देखाएका हुन् । दिनेशले प्रदीपसँग भने गत वर्ष प्रदर्शित फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । यसमा प्रदीपको अभिनयको प्रशंसा भएको थियो । ‘प्रकाश’पछि उनलाई निर्देशक राउतप्रति पूर्ण विश्वास छ । राउतले निर्देशन गर्ने फिल्मको उनी स्क्रिप्ट नहेरी सम्झौता गर्न तयार हुने बताइन्छ ।