Thursday, May 7News That Matters

एउटै स्यालको टोकाईबाट ४ जना घाईते

पूर्णपुष्टि, भदौ २७ गते ।
महोत्तरीको पिपरा गाउँपालिका–६ मा एउटै स्यालले टोक्दा चार जना गम्भीर घाईते भएका छन् । पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार स्यालको टोकाईबाट घाईते भएका हुन् ।
एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याले दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए । घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।