
पूर्णपुष्टि, असोज १
प्रदेश नं १ मा शनिवार भएको बिभिन्न ४ सवारी दुर्घटनामा ४ को मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसार हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक सहित ४ जना घाईते भएको थियो । घाईते मध्य ३० बर्षिया बेलबारीकी चन्द्रकला राईको बिराट मेडिकल कललेज गंगा चौकमा उपचारको क्रममा ज्यान गयो । त्यसैगरी कार चालक बेलवारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते सबैको उपचार भईरहेको छ ।
यसैगरी झापामा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ८ बजे झापा मेचिनगर नगरपालिका १२ कालीझोडा स्थित पुर्व(पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाईकले सोहि दिशा तर्फ जादै गरेको मे।१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिई दुर्घट्ना हुँदा एक जना घाईते भएका थिए । गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार मेचीनगर १३ का ३० बर्षीय युवराज लिम्बुको उपचारको लागी बिएण्सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो । मोटरसाईकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ बर्षीय दिल कुमार कार्की सोही अस्पतालमानै उपचार भईरहेको छ । ट्याक्टर चालक झापा मेचिनगर २ का २६ बर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ । यसैगरी हिजो राती साढे १० बजे झापाकै बुद्धशान्ती गाऊपालिका ३ सातनम्बर चौक स्थित मेची राजमार्गमा स्कुटर र किअप एक आपसमा ठोक्कीदा घाईते स्कुटर चालको पनि बिएण्सीमै ज्यान गएको छ । मे।१० प ६०७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउदै गरेको प्र।१(०१(००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ बर्षीय पर्शुराम लिम्बुको बिएण्डसीअस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो । यसैगरी स्कुटीमा पछाडी सवार मेचीनगर नगरपालिका १३ की ३० बर्षीया मनिषा लिम्बु समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । पिकअप र चालक ईलाम सुर्योदय नगरपालिका १० का २७ बर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यस्तै हिजो राती १२ बजे मोरङ विराटगर महानगरपालिका १२ कोशी प्रोजेक्ट स्थित भित्रीसडक खण्डमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर महानगरपालिका १ का ४२ बर्षीय रंजित कुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरुले थप अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरि रहेको छ ।
