Friday, May 22News That Matters

एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

पूर्णपुष्टि, असार १ गते ।

विश्वभरका विभिन्न देशमा एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय ९० जना नयाँ संक्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा मात्रै १९ हजार २ सय २३ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएको जनाईएको छ  ।

यस्तै रुसमा ८ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्  भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् ।

यो सँगै विश्वभरका विभिन्न देशमा अहिलेसम्म ७९ लाख ८२ हजार १ सय १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने ४१ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् । कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।