Saturday, June 27News That Matters

चट्याङ लागेर १ बालिकाको मृत्यु

पूर्णपुष्टि, असार १ गते । 

भोजपुरको षडानन्द नगरपालिका–३ खार्ताम्छामा चट्याङ लागेर एक जना बालिको मृत्यु भएको छ ।

ट्याम्के मैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार करिब दिउँसो ४ बजे खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि पठाइने जनाएको छ ।