Saturday, June 13News That Matters

एकै परिवारका ३ जना मृत फेला

पूर्णपुष्टि,फागुन १०

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका वृद्ध, बालिका र एक महिला आज बिहान मृत फेला परेका हुन् ।

हिजो राति सुतेका ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेर्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतको मुखमा फिँज आएको प्रहरीले जनाएको छ । अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।