
पूर्णपुष्टि,फागुन १०
कक्षा २ मा अध्ययनरत छात्रालाई करणी गरेको आरोपमा डडेल्धुराका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।
विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम जानकारी दिएको छ ।
मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
