Saturday, June 13News That Matters

प्रतिगमन र हत्या, हिंसा, बलात्कार विरुद्ध विरोध प्रदर्शन

पूर्णपुष्टि, फागुन १० ।

प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार विरुद्ध गाईघाटमा आईतबार विरोध प्रदर्शन भएको छ । अखिल नेपाल महिला संघ, जिल्ला संघर्ष समितिले नाराजुलुससहित विरोध प्रदर्शन गरेको हो । जिल्लाभरबाट प्रतिनिधिमुलक उपस्थिति भएका महिलाहरुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई प्रतिगमन भन्दै विरोध जनाए । संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले प्रतिगमन विरुद्ध महिलाहरु संघर्षमा उत्रिएको उद्घोष गरे । त्यसैगरी ओली नेतृत्वको सरकारले महिला हत्या, हिंसा र बलात्कार रोक्न नसकेको आलोचना गरे । दोषीलाई पक्राउ र कारवाही गर्न नसकेको भन्दै आलोचना गरे । महिलाहरु दिनदिनै असुरक्षित भईरहदा सरकार त्यसप्रति गम्भिर नभएको आरोप लगाए । निर्मला, भागिरथी जस्ता पिडितको बलात्कारी, हत्याराहरु पक्राउ गर्न नसकेको भन्दै सरकारको लाचारीपनप्रति विरोध जनाए । उनीहरुले ती अपराधीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गरे ।

गाईघाटबजार र्यालीपछि लोकतान्त्रिक चौकमा भएको कोणसभालाई नेकपा एमाले उदयपुरका सचिव इश्वरमणी राउत, पूर्व सांसद मणी खम्बु, महिला नेतृ समिक्षा मगर लगायतले सम्बोधन गरेका थिए ।

तस्विरहरू :