
पूर्णपुष्टि, फागुन १० ।
नेपाली कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले अहिलेको सरकारले संकटकाल लगाएर पेल्न नसक्ने, त्यासो गरेमा सरकार आफै सिद्धिने बताउनुभएको छ । नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमलाई असंवैधानिक भन्दै विरोधमा रहेको प्रष्ट्याउदै सरकार संकटकालतिर लागेमा कांग्रेस एक्लैले ठेगान लगाउने बताउनुभयो । पूर्णपुष्टि खबर संवादमा कुराकानी गर्दै उहाँले कांग्रेस एक्लैले आन्दोलन गरेर सरकारलाई घुडा टेकाउने र जनताको संविधान जनतालाई फिर्ता गराउने बताउनुभयो ।
संविधान भन्दा बाहिर गएर न्यायलय र निर्बाचन आयोगको फैसला नआउने विश्वास उहाँको छ । नेकपाको फुट र समर्थन र विरोधको जनप्रदर्शनले राष्ट्रिय संकट पैदा गरेको भन्दै उहाँले समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । पार्टी फुटको अवस्थामा लोकतन्त्र संकटमा पर्ने भन्दै लोकतन्त्र, संविधान रक्षाका लागि जुट्नु पर्ने बताउनुभयो ।
