
पूर्णपुष्टि,जेष्ठ, ८
कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै महोत्तरीका अनिल चौधरीलाई मृत्युदण्डको सजाए दिइएकको हो ।
चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आरोपमा मृत्युदण्डको सजाए दिइएको जनाइएको छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको अदालतको फैसलामा उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।
तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।
मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई यसबारे जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।
कतारमा यसरी नेपालीलाई मृत्युदण्डको सजाय दिइएको पहिलो घटना हो । हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो । अन्य मुद्धामा मृत्युदण्ड पाएका नेपालीलाई भने कार्यान्वयन गरिएको छैन । हत्या प्रकरणको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।
