
पूर्णपुष्टि, जेठ ८ गते ।
नेपालमा थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । टेकुमा उपचाररत ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपचारपछि निको भएर घर फर्कनेमा २३, २५ वर्षीया महिला र २७, ३७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ४९ पुगेको हो ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।
