Friday, May 15News That Matters

१ प्रतिनिधिसभा र ३ प्रदेशमा ६४ उम्मेदवार

कात्तिक २५ गते । 

आगामी मंसिर १४ गते  हुने उप निर्वाचनका उमेदवारहरुको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । कास्कि क्षेत्र नं. २ प्रतिनिधि सभा, भक्तपुर क्षेत्र न. १ (क), बागलुङ क्षेत्र न. २ (ख) र दाङ क्षेत्र न. ३ (ख) को प्रदेश सभाका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको हो ।

निर्वाचन आयोगले प्रकाशन गरेको नामावलीमा कास्की क्षेत्र न. २ मा बाहेक अन्य ठाउँका कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । कास्की क्षेत्र न. २ मा ११ दल र ११ स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गराएकोमा स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । अब २१ जना चुनावी मैदानमा उत्रने छन् ।

भक्तपुर क्षेत्र न. १ (क) मा ९ दल र १० स्वतन्त्र गरी १९, बागलुङ क्षेत्र न. २ (ख) मा ८ दल र २ स्वतन्त्र गरी १० जना र दाङ क्षेत्र न. ३ (ख) मा १२ दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् । एक प्रतिनिधि सभा सदस्य र ३ प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ६४ जना मध्ये ५५ पुरुष र ९ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको मनोनयन आगामी २७ गते हुने भएको छ ।