Saturday, June 13News That Matters

एक महिनाभित्र हलेसीमा तीन लाख भन्दा बढी भेटी संकलन

पूर्णपुष्टि,माघ ९

खोटाङको प्रख्यात त्रिधार्मिकस्थल हलेसीमा कोभिड–१९ को त्रासकाबिचमै पनि दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै  तीन लाख भन्दा बढी भेटीघाटी संकलन भएको छ ।

हलेसीमा गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा तीन लाख २६ हजार चार सय भेटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताउनुभयो ।

हलेसी महादेवस्थान शिव र पार्वती थानबाट दुई लाख ५४ हजार चार सय ५० रुपैयाँ र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकावाट ७१ हजार नौ ५० रुपैयाँ भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु पाँच हजार सात सय ६० र अमेरिकन दुई डलर चढाइएका छन् ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट पाँच लाख ६४ हजार दुई सय ९० रुपैयाँ भेटी संकलन भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि बन्द गरीएको हलेसी गुफा प्रवेश गत मंसिर १६ गतेदेखि खुला गरिएको थियो ।