
पूर्णपुष्टि, माघ ९
कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खोलाएको छ । बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो ।
आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि विज्ञापन खुला गरेको हो । वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत तथा वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ ।
दरखास्त माघ ९ गतेदेखि २९ गतेसम्म दिन सकिने छ ।
