
पूर्णपुष्टि,वैशाख ७ । पछिल्लो समय नेपाली सांगितिक दुनियाँमा गायक प्रकास सफतको ‘सकम्बरी’ बोलको गितले एक हप्तामै करोड पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राखेको छ । यो गीतलाई अपरान्ह चार बजेसम्म एक करोड ९० हजार पटक हेरिएको छ । चर्चा र विवादको कारण यो गीतको भ्युज ह्वात्तै वृद्धि भएको हो ।
देश विदेशमा रहेको दर्शकले अत्यन्तै रुचाएको यो गीतले रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । यस अघिको अवस्थामा भने नेपाली गीतहरुले सात दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन् । ट्रेन्ड हेर्दा यो गीतको भ्युज अझै अघि बढ्न देखिएको छ । टिकटकमा भाइरल बन्नु र सामाजिक सञ्जालमा समेत यसबारे निकै बहस हुनुले गीतमा दर्शकको चासो देखिएको हो ।
सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतले विम्बपरक रुपमा कला क्षेत्रमा संघर्षरत युवतीले भोग्नुपरेको बाध्यता र कठिनाइलाई चित्रण गरेको छ । उक्त यस गीतमा मोडल कुसुम शर्माको लागि पहिलो म्युजिक भिडियो भएतापनि उनी यति बेला चर्चामा छिन् । गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर छ । सुदीप सागरको संगीत संयोजन छ ।
