
पूर्णपुष्टि,कार्तिक १४
तनहुँको माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड प्रयासमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नपालिका–४ ट्राफिक चोकस्थित रहेको माछापुच्छ्रे बैँकको एटिम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ ।

