Tuesday, June 9News That Matters

राष्ट्रिय टोलीका चार फुटवल खेलाडीलाई कोरोना संक्रमण

पूणर्पुष्टि, कार्तिक, १४

राष्ट्रिय फुटवल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूणर् खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरू गरेको ४ खेलाडीमा संक्रमण पुष्टि भएको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए। नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूणर् खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूणर् खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।