Tuesday, June 9News That Matters

कोरोना संक्रमित दुई पुरुषको मृत्यु

पूर्णपुष्टि,कार्तिक १४ 

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । चितवनको रत्ननगरपालिका–९ का ८८ वर्षीय पुरुष र रुपन्देहीे जिल्ला वुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

८८ बर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित  भएको अस्पतालले जनाएकोे छ । उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना रिर्पोट पोजेटिभ आएको थियो ।

अस्पतालका अनुसार ८४ बर्षीय पुरुषमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनी कात्तिक ११ गते अस्पताल भर्ना  भएका थिए । उनको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएकोे छ ।