Tuesday, April 21News That Matters

एड्सबाट सप्तरीमा एक किशोरीको मृत्यु

पूर्णपुष्टि, माघ ५

सप्तरीमा एच.आइ.भी. एड्सबाट आइतवार एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौराकी १६ बर्षीया अमैया धामीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाका अनुसार नौ वर्षअघि धामीका बाबु–आमाको पनि एचआइभी एड्सबाट मृत्यु भएको थियो । एचआइभी एड्सको लक्षण देखिएका धामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।

धामीका १२ वर्षीय भाइ पनि एड्सबाट पीडित भएकोे मृतकको पारिवारिक स्रोतले जनाएको छ  ।