
पूर्णपुष्टि, चैत २८ ।
एनएमवी बैंकले १ नं. प्रदेश सरकारलाई चिकित्सकका लागि अतिआवश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरेको छ । बैंकले हिजो १०० थान सामाग्री हस्तान्तरण गरेको हो । नेपालमा स्वस्थ्यकर्मीहरुलाई पीपीइ सेटको अभाव भईरहेको अवस्थामा बैंकको उक्त सहयोग सार्थक देखिएको छ ।
बैंकका १ नं. प्रदेश प्रमुख उत्सव घिमिरेले मुख्यमन्त्री कार्यालयमै मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ बाट मुलुकमा बढी प्रभावित समुदाय, व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका सहयोग र योगदान पुर्याईरहेको बैंकका प्रदेश प्रमुख घिमिरेले बताउनुभयो । कोभिड १९ को विरुद्ध सरकारको पहल र कदममा बैंक पनि साथै सरिक रहने उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले विषम परिस्थितिको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
