Monday, May 11News That Matters

यमनमा पहिलो कोरोना संक्रमित फेला

पूर्णपुष्टि, चैत २९ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमीत यमनमा पहिलो पटक एक जनामा पुष्टि भएको छ । यमनमा कोरोनाको संक्रमित फेला परेसँगै विश्वको २ सय १० देश पुगेको हो ।

अहिलेसम्म २ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको संक्रमण फैलिँदा साढे १६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । ३ लाख ७६ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको मृत्यु भएपछि १ लाख २ हजार जनाको मृत्यु भईसकेको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको मृत्यु भएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको मृत्यु भएको छ ।