Friday, May 22News That Matters

एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

पूर्णपुष्टि, साउन ४

एफए कप फुटबलको फाईनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल प्रवेश गरेको छ । गतराति वेम्वली स्टेडियममा भएको खेलमा सिटीलाई आर्सनलले २–० गोलले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको १९ औँ मिटनमा आर्सनलका कप्तान पिएरे इमिरिक औवमियाङले १ गोल गरे भने खेलको ७१ औँ मिनटमा दोस्रो गोल गर्दै आफ्नो टिमलाई फाईनलमा पुर्याएको थियो ।

आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।